माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ ।


माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।


निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् । भट्टको एक्सन छवि पोष्टरमा पनि प्रष्ट झल्किएको छ ।


फिल्म ‘राम नाम सत्य’मा विराज भट्टको साथमा सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ । उपेन्द्र सुब्बा र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् ।


माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ ।


निरज ठकुरी क्रियटिभ निर्देशक रहेको फिल्ममा नविन जंग शाही कास्टिङ डिरेक्टरको रुपमा छन् । राजेन्द्र मोक्तानको कलर रहने फिल्ममा विवेक बस्यालको पोस्टर फोटो, विजय बस्यालको पोष्टर डिजाइन छ ।


मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन् । अभिमन्यू निरवी र समय थापा फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट रहेको फिल्ममा विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर, संझना राइको मेकअप रहनेछ ।


बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताए । उनी बोल्दै गर्दा भावुक सुनिएका थिए ।


नायक विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए । यस्तै, नायक सुशिल श्रेष्ठले पनि फिल्मको कथावस्तु उत्कृृष्ट रहेको सुनाउँदै सबैको साथको अपेक्षा रहेको बताए ।