मनोरञ्जन

    Showing 1,111-1,120 of 2,829 items.
  • ‘मेरो जुत्ता खोइ’को नयाँ गीत ‘दिलको धोका खोलेर’ सार्वजनिक

    अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो।यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्।कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित,रोहन सेन्चुरी,प्रशान्त मुखिया,रचना सिवाकोटी,लानाम डोर्जे लामा, कृष्ण सुवेदी,दीपेन्द्र सुब्बा,तुलसा शर्मा,अचला अधिकारी,अभय अधिकारी,पिटर खवास

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 435 पटक पढिएको
  • बलिदानको प्रतीक्षित टिजर सार्वजनिक

    काठमाण्डौ  ।  नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ।यस वर्षको बडादसैँको फूलपातीका दिन प्रदर्शनमा आउने फिल्मको टिजरको सुरुवातमा देशको एक हिस्सा शत्रुहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। त्यहीबेला पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत अर्पण गर्दै बिताएको समय र त्यो

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 618 पटक पढिएको
  • टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

    काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।  नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो ।  नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।  यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीप

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 306 पटक पढिएको
  • पत्रकार उमेश राउतको कृष्ण भजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक

    पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।सो भजनमा निरज सापकोटाको शब्द र पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेको हो ।  ‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गरेको छ ।कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य, लोभ र मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुःखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 348 पटक पढिएको
  • ‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ गतेबाट रिलिज

    माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ ।माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 344 पटक पढिएको
  • 'शोले'मा सबैभन्दा बढी पारिश्रमिक लिने धर्मेन्द्र, एक कलाकारलाई त बदलामा फ्रिज

    धर्मेन्द्र र अमिताभ बच्चनको जय–विरु जोडीको कल्ट क्लासिक फिल्म शोलेले आजवाट ५० वर्ष पूरा गरेको छ। अहिले पनि सिनेमा प्रेमीहरूमा यो चलचित्र प्रतिको चासो घटेको छैन । हो, स्वतन्त्रता दिवस शोलेले ५० वर्ष पूरा गरेको छ । १५ अगस्ट १९७५ मा रिलिज भएको शोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए। यो ७० को दशकको सबैभन्दा कमाउने फिल्म पनि हो । शोलेको बजेट ३ करोड थियो र यसले बक्स अफिसमा ३५ करोड कमाएको थियो।  यस फिल्मको स्टार कास्टले त्यो बेला पनि निकै ठूलो रकम पारिश्रमिक लिएका थिए । धर्मेन्द्र, अमिताभ बच्चन, अमजद खान, सञ्जीव कुमार, हेमा मालिनी र जया बच्चनले शुल्क लिएका थिए तर एक अभिनेताले भने शुल

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 459 पटक पढिएको
  • 'शोले' रिलिज भएको ५० बर्ष पुरा, १० मिनेटको सिन खिच्न २० दिनकाे मेहनत

    मितिः १५ अगस्त, वर्ष  १९७५ । सो दिन एउटा सिनेमा हलहरूमा रिलिज भयो, नाम थियो– शोले।सुरू सुरुमा यो फिल्मले दर्शकबाट खासै प्रतिक्रिया पाएन । कतिसम्म भने यो फिल्म फ्लप हुने पनि भन्न थालिएको थियो । कारण, फिल्मको क्लाइमेक्समा अमिताभ बच्चनको चरित्र जयको मृत्यु देखाइएको थियो। निर्देशक रमेश सिप्पीलाई अमिताभका फ्यानलाई उनको मृत्यु मन नपर्ने भएकाले यसलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए । रमेश सिप्पीलाई पनि यो सुझाव एक क्षणको लागि सहि पनि लागेको थियो तर लेखक सलीम खान र जावेद अख्तरलाई भने आफ्नो कथामा पूर्ण भरोसा थियो, त्यसपछि क्लाइमेक्स परिवर्तन नगर्ने निर्णय गरियो।रिलिज भएको केही समय पछि मात

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 459 पटक पढिएको
  • यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

    रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ ।यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, त्यसैले आज हामी तपाईंलाई रजनीकान्तका शीर्ष १० सबैभन्दा धेरै कमाउने फिल्महरूको बारेमा बताउने छौं ।रोबोट २.०सन् २०१८ मा रिलिज भएको रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्म रोबोट २.० हो। यसमा रजनीकान्तले चिट्टी नामक रोबोटको भूमिका निभाएका थिए। यो फिल्मले विश्वभर करिब ८ सय करोड क

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 373 पटक पढिएको
  • गायिका रेखाले ५ वटा गीतमा एकै दिनमा स्वर भरिन्

    रेखा पोखरेल ‘भाग्यमा श्री छ’ बोलको  गीतबाट चर्चामा आएकी गायिका हुन्। सानै उमेरदेखि गीत गाउन र समाजसेवामा रुचि भएकी उनले काठमाडौं आएसँगै ६ महिनाको अन्तरमा ९० भन्दा बढी गीत रेकर्ड गरेको दाबी गरेकी छन्।गीत/संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत गायिका पोखरेल पछिल्ला दिनमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छन्। गायिका पोखरेलका भाग्यमा श्री छ, ऐना हेरेर भाटु, हत्केलाले आँखा छेक्छ सूर्य छेक्दैनलगायत गीत चर्चामा रहेका बेला उनका ६ वटा गीत रिलिजको तयारीमा छन्। गायिका पोखरेल गीत संगीत क्षेत्रको सफल कलाकारको रुपमा आफूलाई दर्ज गर्न सफल बनिरहँदा उनले एकै दिनमा ७ वटा लाइभ दोहो

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 532 पटक पढिएको
  • जसले सबैभन्दा पहिला ‘सुपरम्यान’ बनाए, उनी हुनु परेको थियो कंगाल

    सुपरम्यानमा अहिलेसम्म कतिवटा फिल्म र टिभी सिरिज बनेका छन् कसलाई थाहा छ ? एउटा काल्पनिक चरित्र जसले बच्चादेखि ठूलासम्म सबैलाई विश्वास गर्छ कि सबै भित्र एक सुपरहिरो छ।अहिले ‘स्पाइडरम्यान’देखि  ‘हल्क’, वन्डर वुमन, ब्याटम्यान, क्याप्टेन अमेरिका, ग्रीन ल्यान्टर्न, थोर, ब्ल्याक प्यान्थर, आइरन म्यान, वोल्भरिनलगायत धेरै सुपरहिरो पात्र विभिन्न फिल्ममा पर्दामा देखिएका छन् ।तर, पहिलो सुपरहीरो फिल्मको ‘सुपरम्यान’ नै सदैव ‘सुपरम्यान’ नै रहनेछ तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो ऐतिहासिक चरित्र सिर्जना गर्ने विचार कसलाई आयो ? जानकारी लिउँ ।सन १९३३ मा जब उनीहरू ग्लेनभिल हाई स्कूलमा पढ्दै थिए, जेरी

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.