निर्देशक तथा कलाकार निखिल उप्रेती भारत उडेका छन् । उनी फिल्म ‘आचार्य’को छायांकनका लागि भारत उडेका हुन्। मंगलबार निखिलसहित फिल्मको निर्माण टिम पश्चिम बंगाल प्रस्थान गरेको हो ।
निखिलसँगै फिल्मकी निर्मात्री तथा नायिका सञ्चिता लुइँटेल, नायिका पूर्णिका सिंजापती, छायांकार मनु बिके, कलाकार तथा मुख्य सहायक निर्देशक सयनम अधिकारी पनि पश्चिम बंगाल प्रस्थान गरेका छन् ।
भदौको ६ गतेबाट भारतको प्रसिद्ध ठाउँ डुअर्समा फिल्मको छायांकन सुरु हुनेछ । डुअर्समा पहिलो चरणको छायांकन सुरु हुनेछ भने सोही सेड्यूलमा बाग्डोरा, सिलिगुडी, ठाकुरगञ्जमा फिल्म खिचिनेछ ।
यसपछि, दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा पनि फिल्मको छायांकन हुनेछ । तेस्रो चरणको छायांकन भने नेपालमा हुनेछ । ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सक्ने लक्ष्य राखिएको छ ।
निखिलले यो फिल्मलाई विश्वस्तरीय बनाउने बताएका छन् । यो फिल्मको एक गीतमा सञ्चिताले कोरियोग्राफी गर्नेछिन् । यो फिल्ममा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारी मुख्य भूमिकामा छन् । साथै, फिल्ममा बलिउड र दक्षिण भारतीय कलाकारहरूले पनि काम गर्नेछन् ।