मनोरञ्जन

    Showing 1,071-1,080 of 1,645 items.
  • प्रकाशका रावायण कुरा

    काठमाडौं । कलाकार प्रकाश शाह फिल्म ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’मा देखिँदैछन् । फिल्ममा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।सुदर्शन करियरकै केही फरक फिल्म बनाउन चाहन्थे, प्रकाश पनि फरक चरित्र निभाउन चाहन्थे । सुदर्शनले प्रकाशलाई उनको चरित्र सुनाउँदा उनी छक्क परे । ‘फरक चरित्र निभाउने मेरो चाहना रावायणको कथा सुनेपछि पुरा हुनेमा म ढुक्क भएँ । किनकी सुदर्शन दाईले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा थियो’, प्रकाश भन्छन् ।प्रकाशका अनुसार ‘काल्का’ चरित्र कालको पनि काल हो । ‘मलाई प्रमोद अग्रहरी दाईको ‘आलम’ चरित्रका लागि कुरा गरिए

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 439 पटक पढिएको
  • झिल्के एण्ड दि कम्पनीको कान्छी तिम्रो नराम्रो बानी

    काठमाडौं । नेपाली रक ब्यान्ड ‘झिल्के एण्ड दि कम्पनी (जेएटिसी) ले सन् २०२२ को एलबम ‘जवानीको जोशको’ हिट गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा व्याण्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत छ ।पोजिटिभ भाईब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)द्वारा निर्मित म्युजिक भिडियोको छायाङ्कन भारतको दार्जिलिङमा गरिएको छ । भिडियोमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशाल साथै भारतीय अभिनेत्री संस्कृति थामी फिचर्ड छन् ।गायक स्टिभले छोटो समयावधिमा गीतको छायाङ्कन गर्नु आफूहरुको लागि चुनौति भएको बताए । ‘पाँच दिन भित्र सबै कुराको योजना बनाउनु र सुटिङ गर्नु ह

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 270 पटक पढिएको
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत परिचित छन् ।सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक निर्देशन गरेको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ हो ।चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय छन् । निवर्तमान अध्यक्ष

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 409 पटक पढिएको
  • वर एण्ड बधुमा प्रिमियरमा कसले के भने ?

    काठमाडौं । भोली शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको छ । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो ।एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुर

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 305 पटक पढिएको
  • रावायणको तिम्रै लागिमा पल र पुजा

    काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।गीतको सुरुवातमा पल र पुजालाई जंगलको बीचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ । जहाँ उनीहरुबीच रोमान्टिक भाव देखिन्छ । त्यसपछि उनीहरुलाई काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा देख्न पाइन्छ । जहाँ कोरस डान्सरहरुसँग उनीहरुले नृत्य गरेका छन् । गीतको अडियोसँगै भिडियो पक्ष पनि सशक्त छ । पल र पुजालाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् । &nb

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 392 पटक पढिएको
  • टिजरमा जितुको ज्वाइँ साब

    काठमाडौं । फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ ।रमाइलो तरिकाले निर्माण गरिएको यो फिल्मको टिजरमा मुख्य कलाकार जितु नेपाललाई देखाइएको छ । उनको साथमा फिल्ममा नायिका नीति शाहको मुख्य भूमिका छ । नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ ।मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मका निर्देशक बसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।फिल्ममा जितु नेपाल,

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 278 पटक पढिएको
  • कात्तिक १५ मा मायावी

    काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ ।निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए ।फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 426 पटक पढिएको
  • टिजरमा राजागञ्जः पूजा, सर

    काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्जः पूजा, सर’को टिजर सार्वजनिक भएको छ । फिल्मको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती मुख्य भूमिका छिन् ।टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिच

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 318 पटक पढिएको
  • सुशिलको आउटलः दफा २१९ पोष्टपोन्ड

    काठमाडौं । आगामी असोज ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ ।फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल,

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 311 पटक पढिएको
  • छायांकनमा कृषाको पिताम्बर

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै फिल्म ‘पिताम्बर’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।फिल्मकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सबै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि फिल्मको छायांकनमा जोडिने छन् ।केही दिनमा काठमाडौंको छायांकन सकेर फिल्मको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 368 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा