गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘कोशेढुंगा’ले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाएको छ । ‘ब्लड मनी’को कथामा निर्माण भएको यो फिल्म हेरेर दर्शकहरुका आँखा रसाएका छन् । कतिपयले आफ्नो परिवार सम्झिएका छन् ।
सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले एउटा जोडीको कथा भन्छ ।
जसको मुख्य भूमिकामा सुरक्षा पन्त र मन्जिल कुमारले अभिनय गरेका छन् । करिअर बनाउनका लागि विदेश पुगेको एक युवकको व्यथा, उसको श्रीमतीले उसलाई नेपाल फर्काउनका लागि गरेको संघर्ष र त्यागको कथामा यो फिल्म बनेको छ ।
फिल्मले शनिबार दर्शकहरुको राम्रो साथ पायो । पाएका शोजहरुमा दर्शकको अकुपेन्सी राम्रो देखियो ।
फिल्म हेरेका दर्शकहरुले नायिका सुरक्षा पन्तको कामको तारिफ गरेका छन् । चुलबुले, भावुक र संघर्षशिल भूमिकामा देखिएकी सुरक्षाको कामले तारिफ पाइरहेको छ । यता, नव–नायक मन्जिल कुमारको पनि दर्शकले कामको प्रशंसा गरेका छन् । फिल्ममा आर्यन सिग्देल, नीति शाह, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ ।
सुखद वर्ड अफ माउथका कारण आगामी दिनमा दर्शकको साथ यो फिल्मले पाउने देखिन्छ । मंगलबारदेखि सुरु हुने हाफ टिकटकमा दर्शकको अकुपेन्सी फेरि बढ्ने अपेक्षा गर्न सकिन्छ ।