बाजुरा— बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले जानकारी दिए ।नागरिकको सहजत
ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो । उच्च पहाडी क्षेत्रमा पालन गर्दै आएका भेडाको बजारीकरण र औषधि उपचारका लागि पनि पालिकाले सहयोग गर्न लागेको छ ।गाउँपालिकाको वडा नम्बर ५ र ६ का सयौँ किसान भेडापालनमा आबद्ध छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्ने किसानले अव्यवस्थित रुपमा भेडापालन गर्दै आएको हुँदा व्यवस्थित गराउन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताउनुभयो । यस वर्ष गाउँपालिकाले भेडाका लागि खोप, खानेपानी व्यव
भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पु¥याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ ।टेम्केमैयुङ गाउँपालिका–५ क
काठमाडौं— काठमाडौंमा उत्पादन गरिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहर गरिएको हो।सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ
पर्वत। यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रु ७० लाख बराबरक
बाजुरा— कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा
पथरी। उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा
ढोरपाटन। बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०÷५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उनको भनाइ छ ।किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वात
धनकुटा। गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ ।स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी बजारमा नबिक्ने समस्या छ । तर अहिले वाइन बनाउन उद्योगले ती सबै खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिनुभयो ।सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आउनुभएका तामाङले उद्योग स्थापनापछि ध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.