खेलकुद

    Showing 961-970 of 1,464 items.
  • टी २० विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

    काठमाडौं / टी २० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दोस्रो खेलमा आज र भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलको विजेताले विश्वकप क्रिकेटको उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ । भारत सुपर १२ मा समूह २ को पहिलो स्थानमा हुँदै सेमिफाइनमा पुगेको थियो । इंग्ल्यान्ड भने समूह १ को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको टोली हो । भारत र इङ्ग्ल्यान्डको खेल नेपाली समय अनुसार आज दिउसो पौने दुई बजे सुरु हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 161 पटक पढिएको
  • साफ यू-१५ च्याम्पियनसिप : आज नेपाल र भुटान सामना गर्दै

    एजेन्सी / बङ्गलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो । भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्‍यो । यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए । जसमा भुटानले एक

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 138 पटक पढिएको
  • कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक

    एजेन्सी / विश्व फुटबलको महासंग्राम फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय भए सँगै खेल तालिका  सार्वजनिक भएको छ  । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ । नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरू त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरू नोभेम्बर १२ र १३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरू पुनः सुरु हुनेछन् । त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ । सन्

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 338 पटक पढिएको
  • डेनमार्कले सार्वजनिक गर्यो विश्वकपमा सहभागी हुने खेलाडी टोली

    एजेन्सी / म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सन सहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् । इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनी इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् । मार्चमा अन्तर्राष्

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 203 पटक पढिएको
  • नेयमार र डानिलोको गोलमा पिएसजीको जित

    एजेन्सी / स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नबौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पिएसजीले १४ खेलमा ३८ अङ्क जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 197 पटक पढिएको
  • यी हुन विश्वकपमा सहभागी हुन् नसकेका ६ ठूला टिम

    एजेन्सी / कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटाली बाहेक युरोप, दक्षिण अमेरिका र अफ्रिकाका अन्य केही ठूला टिम पनि सहभागी हुनेछैनन् । यहाँ नोभेम्बरमा कतारमा हुने विश्वकपमा सहभागी नहुने ६  टिम यस प्रकार छन् । इटाली वरीयता : ६विश्वकपमा उत्कृष्ट प्रदर्शन विजेता ९१९३४, १९३८, १९८२ र २००६०मार्चमा भएको प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियाविरुद्ध पराजित भएपछि इटालीले कतार विश्वकपमा स्थान सुरक्षित गर्न सकेन । युरो २०२० को उपाधि वि

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 302 पटक पढिएको
  • यौन दुर्व्यवहारको आरोपमा श्रीलंकन क्रिकेटर गुनतिलक पक्राउ

    झापा / श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलक बलात्कार आरोपमा पक्राउ गरेका छन् । अस्ट्रेलियाको सिड्नीमा २९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो ।अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 360 पटक पढिएको
  • पाकिस्तान टी –२० विश्वकपको सेमिफाइनलमा

    झापा / बङ्गलादेशलाई हराउँदै पाकिस्तान आइसीसी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडिलेड ओभलमा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बङ्गलादेशलाई ५ विकेटले पराजित गरेको हो । समूह –२ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । बङ्गलादेशले दिएको १ सय २७ रनको लक्ष्य पाकिस्तानले १८/ १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर आजमले क्रमशः ३२ र २५ रनको योगदान गरे । मोहम्मद हरिसले २ छक्का र १ चौकाको मद्दतमा ३१ रन जोडे ।बंगलादेशका लागि मुस्ताफिजुर रहमान, नसुम अहमद, शकिब अल हसन र इबादोत हुसेनको नाममा एक–एक विकेट रह्यो ।यसअघि टस जितेर पहिला

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 209 पटक पढिएको
  • फुटबलको विश्व महासंग्राम मानिने विश्वकपमा विवाद कायमै

    एजेन्सी / कतारमा हुन गइरहेको विश्वकपको २२ औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । फुटवलको विश्व महासंग्राम मानिने विश्वकप सुरु हुन दुई साता बाँकी हुँदा विवाद भने कायमै छ । विशेषगरी कतारको कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ । इस्लामिक शरीया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी मानिन्छ । यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना मात्र नभएर सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ । बीबीसीले उल्लेख गरेअनुसार कतार विश्वकपका आयोजकले उक्त देश घु

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 219 पटक पढिएको
  • सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौँ  / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली लगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार लामिछानेविरुद्ध १० द

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 185 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.