काठमाण्डौ । टी–२० विश्वकपमा समुह डी को अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ ।यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।बंगलादेश सामु नेपालले हार बेहोरेको हो ।

IMG-20240326-WA0001 1

OM Sai Pathibhara Hospital

बंगलादेशले दिएको १०७ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । बलिङ राम्रो गरेको नेपाल ब्याटिङमा भने चम्कन नसक्दा बंगलादेशसामु २१ रनले हारेको हो। १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।