काठमाडौं  ।  तीन नेपाली क्रिकेटरले क्यानाडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानाडा क्रिकेट लिग खेल्ने भएका हुन् ।IMG-20240326-WA0001 5ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् ।

सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानाडामा लिग खेलिसकेका छन् । ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।