खेलकुद

    Showing 291-300 of 1,599 items.
  • नवलपुरमा प्रथम लालबन्दी मेयर गोल्ड कप, मधेशसहित १२ टोली भिड्ने

    सर्लाही  सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.१ नवलपुरमा माघ १६ गतेबाट प्रथम लालबन्दी मेयर गोल्ड कप प्रतियोगिता २०८२ सुरु हुने भएको छ। नवलपुरस्थित नबलपुर फुटबल रंगशालामा आयोजना हुने प्रतियोगितामा मधेश प्रदेशका ८ र अन्य जिल्लाका ४ टिम गरि १२ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।बुधबार खेलकुद मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक जीवेश्वर युवा क्लबका अध्यक्ष दिपबहादुर बुढाथोकीले मधेश प्रदेशका ८ वटा र गाइघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौडाको सहभागिता रहने बताएका छन्।प्रतियोगिताको विजेता टिमलाई नगद ३ लाख सह

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 455 पटक पढिएको
  • लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने

    बरहथवा (सर्लाही)। फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ ।बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।प्रतियोगितामा अन्तर प्रदेशका चारसहित १२ टोलीले सहभागिता जनाउने भएका छन् । माघ २७

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 321 पटक पढिएको
  • नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन: क्यान अध्यक्ष चन्द

    काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन् । ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 529 पटक पढिएको
  • दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न

    काठमाडौँ। दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षक एवं प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न इभेन्टमा विजयी खेलाडीलाई बधाई दिँदै आगामी दिनमा खेलाडीको उज्ज्वल भविष्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 354 पटक पढिएको
  • टी–ट्वान्टी विश्वकप ट्रफी नेपालमा

    काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेका छन्।राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको बताए।राष्ट्रपति पौडेलले भने– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 506 पटक पढिएको
  • भारतमा हुनलागेको टि–२० विश्वकपमा बंगलादेश सहभागि नहुने

    काठमाडौं— बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो ।उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी, पछिल्लो समय भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको थियो । सोही अवस्थामा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिवार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई टिमबाट हटाउने निर्णय गरेपछि यो विवाद

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 519 पटक पढिएको
  • नेपालका पहिलो ओलम्पियन बक्सर थापाको निधन

    काठमाडौं— नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिने बक्सर नामसिंह थापाको  निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो । सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएर इतिहास रचेका थिए ।त्यस ओलम्पिकमा नामसिंहले ५१ केजी फ्लाइवेट वर्गमा पहिलो राउन्डमा बाइ पाएका थिए । तर, उनी राउन्ड अफ १६ मा अमेरिकी खेलाडी रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भए ।  १८ वर्षको उमेरमा ओलम्पिकमा भाग लिएका थापाले गोर्खा सेनामा २७ वर्ष सेवा गरेर क्याप्टेन पदबाट अवकाश लिएका थिए ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 564 पटक पढिएको
  • खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

    रामेछाप— विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विक

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 523 पटक पढिएको
  • क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत इङ्गेज, औंठी साटासाटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

    काठमाडौं । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्।अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर सेयर गरेकी छन्।करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 238 पटक पढिएको
  • ब्राजिलका महान फुटबल खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया

    काठमाडौं— ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुरुमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो । सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्युब समेत जडान गरिएको थियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 504 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.