खेलकुद

    Showing ११-२० of १,६४७ items.
  • नेपाल भलिबल लिगकाे ट्रफी अनावरण

    काठमाडौं ।नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ ।‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएकाे हाे । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १९६ पटक पढिएको
  • पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

    ताप्लेजुङ / समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको छ । लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ऐतिहासिक ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकी

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १८४ पटक पढिएको
  • चिटिक्क बन्योः चिदीचौर खेल मैदान

    गुल्मी। चिदीचौर खेल मैदान चिटिक्क र आकर्षक बनेको छ । कूल ७६ हजार वर्गमिटर क्षेत्रफलको खेल मैदानमा दुबो लगाउने काम सकिएपछि आर्कषक देखिएको हो ।  रेसुङ्गा नगरपालिकाले खेलकुद मैदानमा दुबो लगाउन रु २० लाख  विनियोजन गरेको थियो । दुबो लगाउन जिल्लास्थित सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, क्लब तथा स्थानीयसहित चार सय भन्दा बढी व्यक्तिले जनश्रमदान गर्नुभएको थियो ।  जिल्ला सदरमुकाम तम्घासको ‘गहना’ भनेर चिनिने उक्त खेलकुद मैदान चिदीचौरको अहिले स्वरुपमा नै परिवर्तन आएको स्थानीयले बताएका छन् । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले  वर्षायाममा हिलाम्मे हुने चिदीचौ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २२५ पटक पढिएको
  • सम्भवतः यो मेरो फुटबल करियरको अन्तिम वर्ष हो: रोनाल्डो

    काठमाडौं / पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो र म उत्कृष्ट विरासत छाड्न चाहन्छु । मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु,’ रोनाल्डोले भनेका छन् ।२५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि फुटबलबाट बाहिरिँदा ठूलो खालीपन महसुस

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १९० पटक पढिएको
  • एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

    काठमाडौं / नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)  मा तेक्वान्दो खेलको निर्णायकका रूपमा छनोट भएका छन्।आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा सिवाकोटीले तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त व्यक्ति हुन्। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन्।सिवाकोटीले सन् २०२३ जनवरीमा संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री क

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १७४ पटक पढिएको
  • विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ आज जनकपुरमा हुँदै

    विराटनगर— शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।कार्यक्रममा शिक्षाविद् डा। विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगा

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ४२२ पटक पढिएको
  • एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

    काठमाडौं /  नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ । बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले टोली एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाने बताए । उनले पछिल्लो समयका खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए ।‘हामी मोटिभेसनका साथ मलेसिया जानेछौ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २५४ पटक पढिएको
  • एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल, सन्दीपको कप्तानीमा मलेसिया उड्दै टोली

    काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपलाई नेपालले केवल अर्को क्रिकेट प्रतियोगिताका रूपमा होइन, २०२७ को एकदिवसीय एसिया कपमा पुग्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।अगस्ट ३० देखि सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १४ सदस्यीय टोलीलाई बिदाइ गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली मलेसिया जानुअघि केही दिन भारतमा प्रशिक्षण गर्नेछ।नेपालले प्रतियोगितामा समूह चरणमै चार खेल खेल्नेछ। समूहमा आयोजक मलेसियासहित साउदी अरेबिया, बहराइन र हङकङ रहेका छन्। नेपालले सेप्टेम्बर १ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ।त्यसपछि सेप्टेम्बर ३ मा बहराइन, सेप्टेम्बर ५ मा मल

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १८० पटक पढिएको
  • सन्दीपको कमब्याकसँगै नेपाली क्रिकेटमा नयाँ समीकरण

    काठमाडौं । नेपाली क्रिकेटमा फेरि ठूलो परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानी सन्दीप लामिछानेलाई सुम्पिएसँगै राष्ट्रिय टोलीको संरचनामै व्यापक फेरबदल गरेको छ । करिब चार वर्षपछि सन्दीप कप्तानका रूपमा फर्किएका हुन् ।यसअघि कप्तानी सम्हालिरहेका रोहित पौडेल कप्तानीबाट हटे पनि टोलीमै छन् । क्यानले रोहितको नेतृत्वमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै उनलाई ‘एकपटकको नेता, सधैंको नेता’ भन्दै धन्यवाद दिएको छ ।कप्तानी परिवर्तनसँगै टोलीमा केही ठूला नाम पनि बाहिरिएका छन् । कुशल भुर्तेल र सोमपाल कामी प्रिमियर कपको टोलीमा अटाएका छैनन् । आरिफ शेख र भीम सार्की पनि टोलीबाट

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २३८ पटक पढिएको
  • तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

    काठमाडौं / चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे ।टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.