धर्म/संस्कृति

    Showing 921-930 of 977 items.
  • तीन सय वर्ष पुरानो बालकुमारी मन्दिरको मूर्ति चोरी

    काठमाडौं / ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको तीन सय वर्ष पुरानो मूर्ति शनिबार राती चोरी भएको हो ।मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरूलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको बताए ।स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 134 पटक पढिएको
  • पशुपतिनाथ मन्दिर पनि आजबाट बन्द

    झापा / कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि काठमाडौँको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर आजदेखि अर्को सूचना नआए सम्मका लागी  बन्द गरिएको छ ।पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन ।पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले बताए । 

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 165 पटक पढिएको
  • कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

    गोरखा /  गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिएका छन्  ।समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले भने, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 126 पटक पढिएको
  • माघ ७ देखि माघ मसान्तसम्म मनकामना मन्दिर प्रवेशमा निषेध

    बिर्तामोड / कोरोना संक्रमित बढेसँगै गोरखाको प्रसिद्ध धार्मिक स्थल  मनकामना मन्दिरमा भक्तजनलाई माघ ७ देखि  माघ मसान्तसम्म मन्दिरमा  प्रवेशमा रोक लगाइएको छ ।मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।कोरोना तीव्रगतिमा फैलिएपछि भक्तजनका लागि पूजा आजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिएका छन ।समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारदेखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए ।बन्दको समयमा आउने भक्तजनले मन्दिरक

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 120 पटक पढिएको
  • विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

    काठमाडौँ  / विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन् ।विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 142 पटक पढिएको
  • आजदेखि स्वस्थानी व्रत सुरू

    झापा / प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरु हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ।एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दि

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 145 पटक पढिएको
  • आज माघे संक्रान्ति, यस्तो छ यसको धार्मिक महत्व

    झापा / आज माघे संक्रान्ति । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिनमा मनाइन्छ ।ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्ति देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । तथापि आजभोलि

    • प्रकाशित मितिः माघ १, २०७८
    • 133 पटक पढिएको
  • कन्काई माईमा यस वर्ष पनि मेला नलाग्ने

    बिर्तामोड / कोरोनाको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएसँगै झापाको कन्काई माई यस वर्ष पनि मेला नलाग्ने भएको छ  । सोमबार दिउँसो कन्काई नगरपालिकामा बसेको कन्काई र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निर्णय गरेको हो । बढ्दो कोरोना सङ्क्रमणको कारण देखाउँदै कोभिड –१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको बताइएको छ । हरेक वर्ष कन्काई नदीको पूर्वपट्टि कन्काई नगरपालिका र पश्चिमपट्टि शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका थिए । मकर नुह

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 134 पटक पढिएको
  • आज ३०० औँ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

    झापा / पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरूले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न सिंहदरबार जाने कार्यक्रम रहेको छ । विक्रम सम्वत् १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्ले

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 124 पटक पढिएको
  • नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन उड्डयनमन्त्री आलेको रोक

     काठमाण्डौ //नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोक लगाएका छन्।  दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेको थियो। उड्डयनमन्त्री आलेको निर्देशनमा मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो।  समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको बताइएको छ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.