काठमाडौं / ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । 

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको तीन सय वर्ष पुरानो मूर्ति शनिबार राती चोरी भएको हो ।

OM Sai Pathibhara Hospital

मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरूलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको बताए ।

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।