काठमाडौँ / ललितपुरको सुनाकोठी स्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति  २० दिनपछि फेला परेको छ । 

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको जानकारी दिए ।
मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो ।