बिर्तामोड / कोरोना संक्रमित बढेसँगै गोरखाको प्रसिद्ध धार्मिक स्थल  मनकामना मन्दिरमा भक्तजनलाई माघ ७ देखि  माघ मसान्तसम्म मन्दिरमा  प्रवेशमा रोक लगाइएको छ ।

मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

OM Sai Pathibhara Hospital

कोरोना तीव्रगतिमा फैलिएपछि भक्तजनका लागि पूजा आजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिएका छन ।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारदेखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ ।

मनकामनामा  दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए ।