झापा / कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि काठमाडौँको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर आजदेखि अर्को सूचना नआए सम्मका लागी  बन्द गरिएको छ ।

पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले बताए ।