धर्म/संस्कृति

    Showing 881-890 of 977 items.
  • थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने, सबैलाई सहभागी बन्न अनुरोध

    सरोज निरौलाकाठमाडौँ / पूर्वको तराईमा विषेश गरी मनाइने जितिया पर्वलाई थारू महिला सभा उपत्यका कार्य समितिले राष्ट्रिय नाच घरमा भव्यताको साथ मनाउने भएको छ । थारू महिला सभा उपत्यका कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी पर्व नाटक घरमा मनाउने जानकारी दिएको हो ।संघले विज्ञप्ति जारी गर्दै थारू पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म छरिएर रहेको र पछिल्लो समय जितिया पर्व लोप हुँदै जाने अवस्था आएको साथै यसको संरक्षणका लागी थारू सभाले गर्दै आएको कार्यक्रम अनुसार राष्ट्रिय नाचघरमा पर्व मनाउन लागिएको थारू महिला सभाकी अध्यक्ष  निलम चौधरीले जानकारी दिइन् । उनले जितिया पर्वमा सबै म

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 158 पटक पढिएको
  • आजदेखि सोह्र श्राद्ध शुरु, श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने

    झापा  / सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् शुरु भएको छ । पहिलो दिन प्रतिपदा र द्वितीया तिथिका एकै दिन श्राद्ध परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने छ । यो वर्षको सोह्र श्राद्ध आउने ९ असोजबाट सकिनेछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने  भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझि

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 208 पटक पढिएको
  • आज हरितालिका तीज, हर्षोल्लासका साथ मनाइँदै

    झापा / आज हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यद्यपि, तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 186 पटक पढिएको
  • आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै

    झापा / आज भाद्र महिनाको आमावश्या (औंसी) अर्थात कुशे औंसी । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरू द्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। त्यस्तै भाद्र कृष्ण कुशे औँसीमा बाबुको मुख पनि हेरिन्छ । गोकर्णे औँसीका नामले पनि च

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 196 पटक पढिएको
  • आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

    बिर्तामोड / आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आजको दिनमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म जयन्ती मनाउने गरिन्छ । आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुने धार्मिक मान्यता छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 634 पटक पढिएको
  • आज साउनको अन्तिम सोमबार, अर्जुनधारा मन्दिरमा दर्शनार्थीको घुइँचो

    बिर्तामोड / सौरमास अनुसार आज साउन महिनाको अन्तिम सोमबार भएकाले देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ त्यस्तै पूर्वको पशुपतिनाथका नामले चिनिएको झापाको शनिश्चरेस्थित अर्जुनधारा जलेश्वर धाममा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिन भगवान शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास भएका कारण पनि भगवान शिव प्रति आस्था र विश्वास राखेर मन्दिरमा जल चढाउन आउने भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । जस कारण साउनको सोमबार

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 225 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा जनैपूर्णिमाको शुभकामना

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा ( ऋषितर्पणी ) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैला

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 183 पटक पढिएको
  • आज देशका विभिन्न ठाउँहरूमा गाईजात्रा पर्व मनाइँदै

    झापा / आज गाईजात्रा पर्व देशभरका विभिन्न शहरहरूमा मनाइँदैछ ।गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न हास्यव्यंग्यात्मक प्रदर्शन गर्दै हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ ।गाईलाई नगर घुमाउनाले १ वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । हास्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ ।यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 167 पटक पढिएको
  • आज जनैपूर्णिमा र रक्षाबन्धन

    बिर्तामोड / आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाँध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनै र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । द

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 151 पटक पढिएको
  • भक्तपुरमा आजै मनाइयो जनैपूर्णिमा

    काठमाडौं / भक्तपुरमा आज बिहीबार गन्हुँपुन्ही जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योलता उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पूजारीहरू कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रच

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.