धर्म/संस्कृति

    Showing ८०१-८१० of ९७९ items.
  • आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

    काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • ५६१ पटक पढिएको
  • वडा दशैमा मान्यजनले दिने आशीर्वाद मन्त्र

    काठमाण्डौ   ।   परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।  लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र :आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • ५०६ पटक पढिएको
  • आज दसैं (विजया दशमी) टीकाको उत्तम साइत कति बजे

    काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको छ।जसअनुसार यस वर्ष दसैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ।समितिका अनुसार कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी नेपालीले १५ दिनसम्म बडा दशैँ मनाउँदै आएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • ५४९ पटक पढिएको
  • आज बडादसैँको नवौं दिन, सिद्धिदात्री देवीकाे पूजा एवं आराधना गरीदै

    काठमाण्डौ   ।    नवरात्रीको नवौं दिन आज नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाइँदै छ । भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ ।महादेवले पनि यिनै देवीको उपासना गरेर आठ सिद्धि प्राप्त गरेको कुरा शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीकै कृपाले महादेवले अर्धनारेश्वर रूप धारण गरेको मानिन्छ । यिनै देवीको उपासनाबाट सवै सिद्धि प्राप्त हुने विश्वास छ ।दाहिनेतर्फको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देव्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल बोकेर कमलको फूलमाथि बसेकी देवी नै सिद्धिदात्री हुन

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • २८७ पटक पढिएको
  • आज बडादसैँको आठौ दिन, महागौरी देवीको पूजा आराधना गरिदै

    काठमाण्डौ   ।    नवरात्रको आठौं दिन आज नवदुर्गाको आठौं रुप महागौरी देवीको पूजा एवं आराधना गरी मनाइँदै छ । भक्तिभावले महागौरी भगवती माताको उपासना गर्नाले कुकर्म नाश भई भविष्यमा सन्ताप, दुःख भोग्नु पर्दैन ।उ सबै प्रकारले पवित्र बन्दछ र अक्षय पुण्यले युक्त हुने विश्वास गरिन्छ । भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या गरेकी थिइन् । त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो । सोही कारणले उनको शरीर कालो भयो ।तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गङ्गाको पवित्र जलले धोएर क

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • ३४८ पटक पढिएको
  • बडा दसैंको सातौं दिन आज घरघरमा भित्र्याइँदै छ फूलपाती

    काठमाण्डौ  /  नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ।दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ।यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ।नव

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • २६२ पटक पढिएको
  • आज बडादसैँको सातौ दिन, कालरात्रीको पूजा गरिदै

    काठमाण्डौ   ।    नवरात्रीको सातौंं दिन आज नवदुर्गाको सातौं अवतार कालरात्रिको पुजा एवं आराधना गरी मनाइँदै छ । कालरात्रीको स्वरूप भयानक भएपनि अत्यन्त शुभ फल दिने देवी हुन् ।कालरात्रिको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक ऊर्जा नाश हुने विश्वास गरिन्छ । आकस्मिक संकटबाट मुक्त गराउने देवी हुन् कालरात्री ।माता कालरात्रिको ब्रम्हाण्ड समान गोलाकार तीन नेत्र, स्वासबाट आगो निस्कने, दाहिनेतर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रेतर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग तथा कपाल खुल्ला हुन्छ । घना अन्धकार समान भयानक क

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • २३९ पटक पढिएको
  • आज बडादसैँको छैटौ दिन, कात्यायनीदेवीको पूजा गरिँदै

    काठमाडौ ।आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • २९९ पटक पढिएको
  • आज बडादसैँको पाचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिदै

    काठमाडौं । बडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन ।सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपी

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • २७२ पटक पढिएको
  • आज बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

    काठमाडौं । बडा दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लि

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ३४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.