काठमाडौ ।आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।

कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ ।