काठमाण्डौ   ।    नवरात्रीको नवौं दिन आज नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाइँदै छ । भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ ।

महादेवले पनि यिनै देवीको उपासना गरेर आठ सिद्धि प्राप्त गरेको कुरा शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीकै कृपाले महादेवले अर्धनारेश्वर रूप धारण गरेको मानिन्छ । यिनै देवीको उपासनाबाट सवै सिद्धि प्राप्त हुने विश्वास छ ।

OM Sai Pathibhara Hospital

दाहिनेतर्फको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देव्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल बोकेर कमलको फूलमाथि बसेकी देवी नै सिद्धिदात्री हुन् ।