काठमाण्डौ   ।    नवरात्रको आठौं दिन आज नवदुर्गाको आठौं रुप महागौरी देवीको पूजा एवं आराधना गरी मनाइँदै छ । भक्तिभावले महागौरी भगवती माताको उपासना गर्नाले कुकर्म नाश भई भविष्यमा सन्ताप, दुःख भोग्नु पर्दैन ।

उ सबै प्रकारले पवित्र बन्दछ र अक्षय पुण्यले युक्त हुने विश्वास गरिन्छ । भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या गरेकी थिइन् । त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो । सोही कारणले उनको शरीर कालो भयो ।

OM Sai Pathibhara Hospital

तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गङ्गाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनुभयो भने वर्ण पानी गोरो भयो । उनको रुप सूर्यको चमक जस्तै गोरो भएकाले उनको नाम गौरी हुनगायो भन्ने कुरा शास्त्रमा भनिएको छ ।