धर्म/संस्कृति

    Showing ६६१-६७० of ९७९ items.
  • पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीका

    काठमाण्डौ  । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिबार अपरान्ह ४:०० बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।उनले शनिवार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ६१९ पटक पढिएको
  • कलाकारले दसैँकाे टीका लगाएर यसरी मनाए(तस्बिरहरू)

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ७२९ पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट शुभ साइतमा विजयादशमीको टीका ग्रहण

    काठमाण्डौ  ।   राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे ।सोही अवसरमा उनले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ६८६ पटक पढिएको
  • पूर्वराजा शाहले ४:०० बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने

    काठमाण्डौ   ।   बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको छ।पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन्।सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४:०० बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्।नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ७०६ पटक पढिएको
  • दसैँको टीकाको साइत कुन देशमा कहिले, कति बजे

    काठमाण्डौ  ।  २०८१ असोज २६ गते विजया दशमीको उत्त दिन नै एक उत्कृष्ट शुभ साइतको दिन भएकोले आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने अन्ताराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ६७७ पटक पढिएको
  • बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल

    म्याग्दी— बडादशैंको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने ५ लाखको बोलकबोल लागेको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि ४ लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीन जनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समिति

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ५५४ पटक पढिएको
  • विजया दशमीको टीका लगाउने मन्त्र

    परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दशैंको प्रमुख परम्परा हो । दशैंमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।पुरुषलाई आशीर्वाद दिने मन्त्र :आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवेऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ९१५ पटक पढिएको
  • विजया दशमी आज, टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

    काठमाण्डौ ।  बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको छ।घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि बिहान ८:३३ मिनेटमा रहेको टिकाको उत्तम साइत भने ११:३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको प

    • प्रकाशित मितिः असोज २६, २०८१
    • ६५० पटक पढिएको
  • तलेजु भवानीको मन्दिर आज खोलिँदै

    काठमाडौं—  हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ

    • प्रकाशित मितिः असोज २५, २०८१
    • ५३४ पटक पढिएको
  • आज नवरात्रको अन्तिम दिन, भोलि विजया दशमी

    काठमाडौं— बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।अष्टमी र नवमी एकै दिन परेकाले आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले

    • प्रकाशित मितिः असोज २५, २०८१
    • ६०४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.