बजार

    Showing ८१-९० of ५०१ items.
  • कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं / कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।सेयरको बिक्री मूल्य भने सम्बन्धित बिक्रेता सेयरधनीहरूले निर्धारण गरे

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ३७२ पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं / नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २६४ पटक पढिएको
  • हरियोबाट रातोमा नेप्से, अन्तिम कारोबारमा लगानीकर्ता झस्किए

    काठमाडौं । साताको पहिलो कारोबार दिन उत्साहजनक सुरुआत गरेको सेयर बजार अन्तिम समयसम्म टिक्न सकेन। कारोबारको बीचमै उच्च विन्दु छोएको नेप्से अन्त्यमा तीव्र दबाबमा पर्दै ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा झरेको छ। बजार खुलेपछि खरिदकर्ता सक्रिय देखिए पनि दिउँसोपछि बिक्री चाप ह्वात्तै बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो। कुल २७५ कम्पनीमध्ये २३५ कम्पनीको मूल्य घट्दा केवल ३५ कम्पनीको मूल्य बढ्न सफल भए भने ५ कम्पनी स्थिर रहे।बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढ्यो। अघिल्लो दिनको ४ अर्ब ६७ करोड रुपैयाँको तुलनामा सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा सक्रियत

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३८१ पटक पढिएको
  • बल्खुमा हरियाली अभियान, १,१५० बिरुवा रोपियो

    काठमाडौं / उपत्यकाको सहरी वातावरणलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बल्खु खोला करिडोर जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म क्षेत्रमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।रोटरी क्लब अफ कीर्तिपुरको संयोजन एवं कीर्तिपुर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ ठिमी र रोटरी क्लब अफ बागलुङको संयुक्त सहभागिता रहेको थियो ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले वर्ष २०२६–२७ का लागि सञ्चालन गरेको ‘१,००,००० वृक्षारोपण अभियान’ र जुलाई २

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २७२ पटक पढिएको
  • अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले तान्दै ३० अर्ब रुपैयाँ

    काठमाडौं । बैंकिङ प्रणालीमा लगानी हुन नसकी ठूलो परिमाणमा रकम थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने निर्णय गरेको छ। अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १७९ दिनका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा खर्बौँ रुपैयाँ लगानीयोग्य पुँजी निष्क्रिय रहेकाले मौद्रिक व्यवस्थापनअन्तर्गत यो रकम प्रशोचन गर्न लागिएको हो। निक्षेप संकलनको बोलकबोल सोमबार नै हुनेछ।इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा र ब्याज आगामी माघ ८ गते भु

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २४६ पटक पढिएको
  • आवश्यकताभन्दा बढी सिलिन्डर नथुपार्न उद्योगीको अपिल

    काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको चर्चा चलिरहेका बेला ग्यास उद्योगीहरूले आपूर्ति नघटेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा जगेडा ग्यास नराख्न आग्रह गरेका छन्। उद्योगीका अनुसार कृत्रिम माग बढेकाले केही स्थानमा अस्थायी अभाव देखिएको हो।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द ले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गर्दै अहिले पनि दैनिक करिब १०० बुलेट ग्यास नेपाल भित्रिरहेको जानकारी दिए। उनका अनुसार समस्या उत्पादन वा आयातमा होइन, एकैपटक धेरै उपभोक्ताले जगेडाका सिलिन्डर भर्न थालेपछि वितरण प्रणालीमा दबाब परेको हो।उद्योगीहरूले आवश्यकताभन्दा बढी ग्यास घरमा थुपार्ने प्र

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ४१९ पटक पढिएको
  • ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

    काठमाडौं / साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक द

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २५४ पटक पढिएको
  • सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

    काठमाडौं / सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ३७२ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४ हजार ४१० सयमा कारोबार भएको भएको थियो । 

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २३८ पटक पढिएको
  • साउन १५ भित्र डिम्याट खाता नवीकरण नगरे बन्द

    काठमाडौं ।सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि सीडीएस एन्ड क्लियरिङ सीडीएससी ले महत्त्वपूर्ण चेतावनी जारी गरेको छ। साउन १५ गतेभित्र डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क नबुझाए १६ गतेदेखि डिम्याट खाता रोक्का हुने भएको छ।खाता रोक्का भएपछि सेयर किनबेच, आईपीओ तथा एफपीओ आवेदन, हकप्रद सेयर भर्ने र सेयर हस्तान्तरण जस्ता सेवा प्रयोग गर्न पाइने छैन। अर्थात् शुल्क नतिरेको एउटा सानो लापरबाहीले लगानीकर्ताको सम्पूर्ण सेयर कारोबार नै रोक्न सक्छ।हाल देशभर ८० लाखभन्दा बढी डिम्याट खाता र ५१ लाखभन्दा बढी सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन्। सबैलाई समयमै शुल्क तिर्न सीडीएससीले आग्रह गरेको छ।डिम्याट खाता

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.