काठमाडौं / नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।