काठमाडौं / साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक द
काठमाडौं / सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सयले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । आइतबार ४ हजार ४१० सयमा कारोबार भएको भएको थियो ।
काठमाडौं ।सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि सीडीएस एन्ड क्लियरिङ सीडीएससी ले महत्त्वपूर्ण चेतावनी जारी गरेको छ। साउन १५ गतेभित्र डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क नबुझाए १६ गतेदेखि डिम्याट खाता रोक्का हुने भएको छ।खाता रोक्का भएपछि सेयर किनबेच, आईपीओ तथा एफपीओ आवेदन, हकप्रद सेयर भर्ने र सेयर हस्तान्तरण जस्ता सेवा प्रयोग गर्न पाइने छैन। अर्थात् शुल्क नतिरेको एउटा सानो लापरबाहीले लगानीकर्ताको सम्पूर्ण सेयर कारोबार नै रोक्न सक्छ।हाल देशभर ८० लाखभन्दा बढी डिम्याट खाता र ५१ लाखभन्दा बढी सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन्। सबैलाई समयमै शुल्क तिर्न सीडीएससीले आग्रह गरेको छ।डिम्याट खाता
काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिनअघि घटेको सुनको भाउ फेरि उकालो लागेसँगै गहना खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान पुनः सुन बजारतर्फ केन्द्रित भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा १ हजार ६०० रुपैयाँ बढी हो। शुक्रबार यही सुन २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले बढी हो। शुक्रबार चाँदीको
काठमाण्डौ / नेपालबाट पहिलोपटक ठूलो परिमाणमा प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ। उद्योग विभागमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन ठूला मासु प्रशोधन उद्योग दर्ता भएसँगै सरकारले लामो समयदेखि चर्चा हुँदै आएको मासु निर्यात योजनालाई व्यवहारमा उतार्ने तयारी थालेको हो। तीनवटै उद्योग सञ्चालनमा आए नेपालले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ। यससँगै करिब ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो। चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पन
काठमाडौँ / नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पु¥याएको महत्वपूर्ण योगदानको कदर ग
काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। तर यो उपलब्धिसँगै अर्को चिन्ताजनक तथ्य पनि सार्वजनिक भएको छ—देशको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् नेपालले विदेशबाट किन्ने वस्तु अत्यधिक बढिरहँदा बेच्ने क्षमता अझै कमजोर नै देखिएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सफल भएको छ। निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा त्यो निकै न्यून रहेको तथ्यांकले देखाउँछ।नेपालको निर्यातमा सबैभन
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने संकेत देखिएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले स्थायी रूपमा फोहोर फाल्न रोक लगाउने आन्दोलनको तयारी थालेका छन्। यसका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले साउन १० गते बालाजुस्थित एक पार्टी भेन्युमा सर्वपक्षीय छलफल आयोजना गरेको छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट र धादिङ जिल्ला नेतृत्व तथा धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी हुन आग्रह गरिएको छ। समितिका अनुसार छलफलपछि आन्दोलनका कार्य
काठमाडौं। लगातार ६ कारोबार दिन बढ्दै आएको नेपाली सेयर बजारले बुधबार भने विश्राम लिएको छ। नाफा सुरक्षित गर्ने लगानीकर्ताको चाप बढेपछि नेप्से परिसूचक १३।९५ अंकले घटेर २७१२ बिन्दुमा झरेको हो।कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभर हरियो हुन सकेन। कारोबारका क्रममा नेप्से एक समय २६९४ बिन्दुसम्म झरेको थियो। अन्त्यमा केही सुधार भए पनि बजार राताम्मै बन्द भयो।आज १९३ कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनी मात्रै बढ्न सके भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो, जसले लगानीकर्ताको उत्साह केही सेलाएको संकेत गरेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.