काठमाडौं / प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो । कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ। यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो।अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको हो । ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।जसले एकपटकको फुलचार्जमा क्रमशः २ सय २५ किमी
काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासँग उच्चस्तरीय छलफल गरेका छन्। छलफलमा उठेका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।सिंहदरबारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री शाहले समस्या समाधानका लागि नयाँ समिति गठनभन्दा पनि सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने धारणा राखेका थिए। व्यवसायीका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार गम्भीर रहेको सन्देश दिएका छन्।छलफलमा सहभागीहरूले लगा
काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह थपिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २,७१९ अंक पुगेको छ। यससँगै बजारले करिब एक महिनापछि फेरि २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको हो।अघिल्लो कारोबार दिन पनि बजार ७९ अंकले बढेको थियो। त्यसैले लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। यो लगातार पाँचौँ दिनको वृद्धि समेत हो, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको
काठमाडौं / चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो । छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ । जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए । ‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बरा
काठमाडौं। कारोबार हुने नयाँ साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ प्रतितोला एक हजार ९०० रुपैयाँले वृद्धि भई दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ।अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य फेरि नयाँ उचाइतर्फ उक्लिएको छ।चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ। शुक्रबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर आइतबार चाँदीको भाउ चार हजार २४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार २०० रु
काठमाडौं। नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।शुक्रबार सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले का अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार उक्त सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
काठमाडौं / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ । सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर
काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१ दशमलव ६२ प्रतिशत सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६ दशमलव २ प्रतिशत, लुम्बिनीमा ५९ दशमलव ६ प्रतिशत, मधेशमा ५७ दशमलव ९ प्रतिशत, बाग्मतीमा ५७ दशमलव १ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४ दशमलव ९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जन
काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकभन्दा बढीले घटेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.०६ बिन्दुमा पुगेको छ भने कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्दै करिब तीन महिनायताकै उच्च स्तरमा पुगेको छ।कारोबारका क्रममा १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक सकारात्मक देखिएका छन्। व्यापार समूहमा सबैभन्दा बढी १.४७ प्रतिशतको वृद्धि हुँदा बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटनलगायत क्षेत्र पनि हरियालीमा बन्द
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.