आर्थिक

    Showing 61-70 of 4,504 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 155 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 175 पटक पढिएको
  • लघुवित्तमा बचत र ऋण अनियमितताको आरोप, ९८ बचतकर्ता प्रभावित

    काठमाडौं / मुगुको खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण देखाउने तथा बचत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएको छ। पीडितहरूका अनुसार शाखाबाट करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ। आरोपअनुसार शाखाका ९८ जना बचतकर्ताको नाममा उनीहरूलाई जानकारी नै नदिई ऋण देखाइएको छ। मुद्दति तथा व्यक्तिगत बचत खाताबाट रकम निकालिएको र संस्थामा आबद्ध नभएका व्यक्तिको नाममा समेत ऋण प्रविष्टि गरिएको पीडितहरूको भनाइ छ।पीडितहरूको जाहेरीका आधारमा शाखाका कर्मचारी गणेश चौलागाईं, तु

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 212 पटक पढिएको
  • यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    इलाम। यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२÷८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।  कार्यालयले अघिल्लो आव ०८१÷८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 295 पटक पढिएको
  • अण्डाको भाउ बढ्यो, किसानको संकट हटेन : माग बढ्दा पनि लागत धान्न धौ–धौ

    चितवन । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। तर अण्डाको मूल्य बढे पनि उत्पादन लागत धान्न नसकेको भन्दै किसानको संकट भने कायमै रहेको व्यवसायीहरूले बताएका छन्।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो। जसअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।व्यवसायीका अनुसार पछिल्लो समय अण्डाको माग बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। बर्डफ्लुको संक्रमणका कारण ठूलो संख्यामा कुखुरा मर्नु, किसानले व्यवसायबाट ह

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 179 पटक पढिएको
  • ५५ ब्रान्ड, ४० भन्दा बढी नयाँ मोडल : भृकुटीमण्डपमा मोबिलिटीको ‘कुम्भ मेला’

    काठमाडौं । नेपालको सवारी बजार पेट्रोल–डिजेलबाट विद्युतीय तथा नयाँ प्रविधितर्फ तीव्र रूपमा मोडिँदै गर्दा त्यसको झल्को काठमाडौंको भृकुटीमण्डपमा देखिएको छ । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा एकै ठाउँमा नयाँ सवारीसाधन, प्रविधि र मोबिलिटीसँग जोडिएका सेवाहरू प्रदर्शनमा राखिएका छन् ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार यसपटक ५५ भन्दा बढी ब्रान्ड र ५१ वटा स्टल सहभागी छन् । एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको छ ।एक्स्पोको मुख्

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 177 पटक पढिएको
  • साढे ५२ लाख स्रोत नखुलेको नगदसहित चार जना पक्राउ

    काठमाडौं । पर्साको वीरगन्जमा स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएर ठूलो रकम बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार राति उनीहरू पक्राउ परेका हुन् । प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका दुई मोटरसाइकलमा सवार चार जनाको साथबाट ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २६ वर्षीय सुरज कर्ण, पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 178 पटक पढिएको
  • ५२ करोडको बिगो दाबीमा शेखर गोल्छाको बयान

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार विशेष अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध दायर मुद्दामा बयान सुरु भएसँगै अब अदालतको प्रक्रिया थुनछेकतर्फ अघि बढ्ने भएको छ ।गोल्छा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयानका लागि उपस्थित भएका हुन् । उनको बयान अहिले चलिरहेको छ ।बयान सकिएपछि अदालतमा थुनछेकसम्बन्धी बहस सुरु हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भएपछि गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 205 पटक पढिएको
  • जलेका कागजातको लेखापरीक्षणमा नयाँ बाटो : अर्थमन्त्रीले अघि सारे ‘सेकेन्डरी डेटा’को विकल्प

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनामा जलेर नष्ट भएका सरकारी कागजातका कारण रोकिएको लेखापरीक्षणलाई वैकल्पिक प्रमाणबाट अघि बढाउने बाटो सरकारले अघि सारेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्राथमिक कागजात नष्ट भए पनि उपलब्ध अन्य स्रोतबाट तथ्य रुजु गरेर लेखापरीक्षण अघि बढाउन सकिने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले भदौ २३ र २४ गतेको घटनालाई कानुनी भाषामा ‘फोर्स मेजर’ अर्थात् काबुबाहिरको परिस्थितिका रूपमा परिभाषित गर्न सकिने बताए । यस्तो अवस्थामा घटनालाई दुर्घटनाको आयामभित्र राख्न सकिने उनको भनाइ थियो ।महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअ

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 153 पटक पढिएको
  • जापान पठाउने नाममा करोडौँ असुली, कन्सल्टेन्सी सञ्चालक पक्राउ

    काठमाडौं । जापान जाने सपना देखाएर ठूलो रकम असुल गरेको आरोपमा बुटवलबाट एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।ग्याट्सबी इन्टरनेसनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) २९ वर्षीय प्रतीक बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथली निवासी बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोप छ ।जापान पठाउने प्रक्रिया, रोजगारी र अन्य अवसरको आश्वासन दिएर रकम संकलन गरेको भन्दै उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी परेको थियो

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.