काठमाडौं / चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष २०८२ र ८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
यो रकम अघिल्लो आर्थिक वर्षको कुल वार्षिक आम्दानीभन्दा पनि बढी रहेको छ। इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०८१ र ८२ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। चालू आवको नौ महिनामै कम्पनीले उक्त आम्दानीलाई करिब ५ प्रतिशतले उछिनेको हो। कम्पनीको आम्दानीसँगै उत्पादन क्षमताको उपयोगमा पनि उल्लेख्य सुधार आएको छ।
चालू आवको पहिलो नौ महिनामा क्लिंकर उत्पादन क्षमता उपयोग करिब ४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा करिब २५ प्रतिशत मात्र थियो। पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित उद्योगमा दैनिक २ हजार ९५० टन क्लिंकर उत्पादन क्षमता रहेको छ। इक्रा नेपालका अनुसार उत्पादन क्षमता उपयोग र सिमेन्ट तथा क्लिंकरको बजार मूल्यमा आएको सुधारले कम्पनीको सञ्चालन आम्दानी तथा नाफामा सकारात्मक प्रभाव परेको छ।
कम्पनीको सञ्चालन नाफा (ओपीबीडीआईटीए) मार्जिन पनि सन्तोषजनक रहेको उल्लेख गरिएको छ। यद्यपि कम्पनीको वित्तीय दायित्व भने अझै उच्च रहेको छ। उच्च ऋणभार, कार्यशील पुँजीमा दबाब तथा ऋण भुक्तानीमा देखिएको ढिलाइ कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्।
इक्रा नेपालले आगामी दिनमा आम्दानीको वृद्धि कायम राख्दै ऋण तथा ब्याज समयमै भुक्तानी गर्न सके कम्पनीको वित्तीय अवस्था थप मजबुत बन्ने जनाएको छ। हाल कम्पनीले १ हजार टन प्रतिदिन क्षमताको नयाँ ग्राइन्डिङ युनिट निर्माण गरिरहेको छ। उक्त परियोजना सञ्चालनमा आएपछि बिक्री र आम्दानी अझ बढ्ने अपेक्षा गरिएको






































