आर्थिक

    Showing 51-60 of 4,515 items.
  • खुद नाफामा विकास बैंकहरूको उल्लेख्य सुधार, गरिमा शीर्ष स्थानमा

    काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ मा विकास बैंकहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा ब्याज, शुल्क र कमिसन आम्दानी बढेसँगै विकास बैंकहरूको खुद नाफामा ठूलो वृद्धि देखिएको हो। १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले आर्थिक वर्ष २०८२ र ८३ मा कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यो नाफा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो, जसअनुसार नाफा करिब ६४ प्रतिशतले बढेको छ।नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 146 पटक पढिएको
  • पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ । माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ ह

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 147 पटक पढिएको
  • आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

    काठमाडौं / आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो ।मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 184 पटक पढिएको
  • महंगो बन्यो भान्छा: तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

    काठमाडौं / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसाधारणको भान्छा निकै महँगो बनेको छ । विशेषगरी तरकारी बजारमा देखिएको उतारचढाव डरलाग्दो छ । विभागको तथ्याङ्कअनुसार असार महिनामा सानो स्थानीय गोलभेडाको मूल्यमा २ सय ५३ प्रतिशतको वृद्धि देखिएको छ । वैशाखमा सस्तो रहेको गोलभेडा असारसम्म आइपुग्दा प्रतिकिलो ६० रुपैयाँ नाघेको छ । त्यसैगरी, खुर्सानी (बुलेट) को मू

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 139 पटक पढिएको
  • लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

    काठमाडौं / लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो । कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ । बाँकी ४० प्रतिशत अर्था

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 151 पटक पढिएको
  • ११ वर्षमा सडक बनेन, सास्ती भने बढिरह्यो ः बेलबास–बेथरीमा अधुरो विकासको ‘नमुना’

    बुटवल । बुटवलबाट लुम्बिनीतर्फ जोडिने महत्त्वपूर्ण सडकलाई पर्यटनमार्ग बनाउने सपना देखाएर सुरु गरिएको बेलबास–बेथरी सडक आयोजना ११ वर्ष पुग्दा पनि अधुरै छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अहिले स्थानीयका लागि विकासको पूर्वाधारभन्दा दैनिक सास्तीको कारण बनेको छ।आयोजना सुरु हुँदा सडकको दुवैतर्फ हरियाली, बीचमा नहर र नहरमा डुंगा सञ्चालन गर्ने योजनासहित यसलाई बुटवलको पर्यटन विकाससँग जोडिएको महत्त्वाकांक्षी परियोजनाका रूपमा अघि बढाइएको थियो। तर समय बित्दै जाँदा पर्यटनमार्गको आकर्षक अवधारणा ओझेलमा परेको छ भने सडकका कतिपय खण्डमा सामान्य आवागमनसमेत कठिन बनेको छ।विशेषगरी बुटवलको नहरपुर–मोती

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 69 पटक पढिएको
  • ‘अभाव छैन’ भन्ने सरकारलाई आफ्नै सांसदको प्रश्न : बजारमा ग्यास खोइ ?

    काठमाडौं । सरकारले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले बजारको अवस्थामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मोहनलाल आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि व्यवहारमा उपभोक्ताले अझै ग्यास नपाइरहेको बताएका हुन्।आचार्यले संसदमा सरकारको दाबी र बजारमा देखिएको अवस्थाबीच ठूलो अन्तर रहेको बताए। उनका अनुसार ग्यास अभाव नभएको सरकारी भनाइका बाबजुद सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ। दैनिक उपभोगसँग प्र

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 97 पटक पढिएको
  • सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । ४ प्रतिशत बोनस सेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 133 पटक पढिएको
  • सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

    काठमाडौं / सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंक

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 123 पटक पढिएको
  • मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०० पैसा र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 404 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.