आर्थिक

    Showing ५५१-५६० of ४,५१९ items.
  • कोशीले ल्याउँदैछ ३८ अर्बको बजेट

    काठमाडौं । बजेट खर्च कमजोर हुँदा कोशी प्रदेश सरकारको ढुकुटीमा अर्बौं रुपैयाँ थन्किएको छ। यही मौज्दात र संघीय अनुदानमा भएको वृद्धिको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार चालू आर्थिक वर्षमा अपेक्षाअनुसार बजेट खर्च हुन नसकेकाले प्रदेशको संचित कोषमा ठूलो रकम मौज्दात रहेको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम बढेकाले आगामी बजेटको आकार पनि विस्तार गर्न लागिएको उनले बताए।प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राखेर

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • २५८ पटक पढिएको
  • बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण डिपोजिट कलेक्सन मार्फत रकम खिच्ने भएको छ । केन्द्रीय बैंकले पछिल्ला केही सातादेखि लगातार बजारमा थुप्रिएको अधिक तरलता नियन्त्रण गर्न यस्ता उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल बिडिङ प्रक्रिया सञ्चालन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले उक्त प्रक्रियामा सहभागी हुँदै केन्द्रीय बैंकमा निक्षेप राख्ने अवसर पाउनेछन् । केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अ

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • २७२ पटक पढिएको
  • एकैदिन सुनको भाउमा ठूलो गिरावट, तोलामा १० हजार १०० रुपैयाँ घट्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। मंगलबार उच्च मूल्यमा कारोबार भएको सुनको भाउ एकैदिन प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो।चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ७४० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १८५ रुपैयाँ कम हो।अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १७९ अमेरिकी डलरमा कारोबार

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३११ पटक पढिएको
  • इन्धनको आगोले जनताको ढाड सेकियो, सरकार अझै ‘घट्छ’ भन्ने आश्वासनमै

    काठमाडौं । इन्धन मूल्यवृद्धिले जनताको भान्सा, यात्रा र बचत सबै तहसनहस बनाएको छ। पेट्रोल–डिजेल महँगिएपछि ढुवानी भाडा चर्किएको छ भने त्यसको असर चामल, दाल, तरकारीदेखि ग्याससम्म पुगेको छ। महँगी दर ५.०४ प्रतिशत पुग्दा सर्वसाधारणको दैनिक जीवन संकटग्रस्त बनेको छ।युद्धअघि २ हजार रुपैयाँले महिनाभरि पुग्ने पेट्रोल खर्च अहिले ४ हजार रुपैयाँले पनि नधान्ने अवस्था छ। सार्वजनिक यातायातको भाडा दुई पटक बढिसकेको छ भने बजारमा तरकारी र खाद्यान्नको मूल्य आकासिएको छ। उपभोक्ताको बचत शून्यमा झर्दै गएको गुनासो बढ्दो छ।आधा सिलिन्डर ग्यास नीतिले उपभोक्तामाथि थप बोझ थपेको आरोप छ। पटक–पटक ग्यास किन्नुपर्ने बाध्यताले ढुवान

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ४२० पटक पढिएको
  • कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति एमडेक बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताए । सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन्, ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २६३ पटक पढिएको
  • औद्योगिक क्षेत्रका पाँचसय भन्दा धेरै उद्योगलाई सात दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता

    काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग, व्यापारिक प्रतिष्ठान र कार्यालयहरूलाई वर्षौंदेखिको बाँकी बक्यौता रकम सात दिनभित्र चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ । लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पाटन, बालाजु, हेटौंडा, पोखरा, बुटवल, नेपालगन्ज, भक्तपुर, राजविराज गजेन्द्रनारायण सिंह र वीरेन्द्रनगर औद्योगिक क्षेत्रका सयौं उद्योगहरूको नाम र उनीहरूले तिर्नुपर्ने बक्यौता विवरण सार्वजनिक गरेको हो । उद्योगहरूले औद्योगिक क्षेत्रभित्र प्रयोग गरेबापतको जमिन तथा भवन बहाल, विद्युत महसुल, पानी महसुल र अन्य सेव

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २५३ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ त कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेर तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो।मूल्य वृद्धिसँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यही सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।लगातार बढिरहेको सुनको मूल्यका कारण गहना खरिद गर्ने सर्वसाधारण तथा व्

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २३७ पटक पढिएको
  • जमलमा फुटपाथ क्षति पुर्याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

    काठमाडौं । महानगर प्रहरी बलले वडा नं १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा जरिवाना तिराएको छ । नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो । 

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २४२ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७०

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ३२५ पटक पढिएको
  • मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

    मुस्ताङ। यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो ।नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (इभी) गाडीलगायत चाडपर्व लक्षित लत्ताकप

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.