आर्थिक

    Showing 551-560 of 3,252 items.
  • पुँजी बजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

    काठमाडौं— पुँजी बजारमा सुधार ल्याई लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले बजारमा आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका बारेमा सुझावसहित कार्ययोजना तयार पार्नेछ।धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसी कार्यदलको संयोजक रहेका छन्। अन्य सदस्यहरूमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक (कायममुकायम) निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।कार्यदलले आम लगानीकर्ताको मनोबल अभिवृद्धिका लागि आवश्यक सुधार उपायहरू पहिचान गरी पाँच दिनभित

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 465 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी शुक्रबार २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 480 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 215 पटक पढिएको
  • उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो । आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 473 पटक पढिएको
  • जेनजी आनदोलनको क्षतिः २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

    काठमाडौं— जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।सबैभन्दा बढी बीमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बीमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 561 पटक पढिएको
  • लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

    काठमाडौं— नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 491 पटक पढिएको
  • नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

    काठमाडौं— नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ ।जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 450 पटक पढिएको
  • सुनको मूल्य ९ सयले घट्यो

    काठमाडौं— नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 444 पटक पढिएको
  • आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

    काठमाडौं— जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भए

    • प्रकाशित मितिः असोज २, २०८२
    • 497 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।                                            युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१

    • प्रकाशित मितिः असोज २, २०८२
    • 201 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा