काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। मंगलबार उच्च मूल्यमा कारोबार भएको सुनको भाउ एकैदिन प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ७४० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १८५ रुपैयाँ कम हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





































