काठमाडौं । महानगर प्रहरी बलले वडा नं १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा जरिवाना तिराएको छ । 

नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।