आर्थिक

    Showing 521-530 of 3,252 items.
  • लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से

    काठमाडौं— शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 436 पटक पढिएको
  • आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 462 पटक पढिएको
  • शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो

    काठमाडौं— शिवश्री हाइड्रोपावरले जारी गरेको १ः१ अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ । कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर.१०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र आवेदन दिन योग्य हुनेछन् । आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा, सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि–आस्बा सेवा र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । हकप्रद निष्कासन र बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 422 पटक पढिएको
  • पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशतः विश्व बैंक

    काठमाडौं— पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ ।‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटीः पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल देखिएको जनाइएको छ ।ताजा प्रतिवेदनअनुसार पाकिस्तानको गरिबी दर पछिल्ला तीन वर्षमा ७ प्रतिशतले बढ्दै सन् २०२४–२५ मा २५.३ प्रतिशत पुगेको छ । यो दुई दशकयताकै पहिलो गहिरो अध्ययन हो । जसमा २५ वर्षभन्दा बढी समयावधिको घरायसी सर्वेक्षण, भौगोलिक विश्लेषण, प्रक्षेपण र विभिन्न प्रशासनिक तथ्यांकहरू प्रयोग गरिएको छ ।पाकिस्त

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 469 पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

    झापा— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख रुपैयाँ), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख रुपैयाँ), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख रुपैयाँ) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 398 पटक पढिएको
  • बाजुरामा दशैं–तिहारको रौनक, बजारमा किनमेल गर्नेको भीड बढ्यो

    बाजुरा— नेपालीहरूको महान चाड विजयादशमी र शुभदीपावली नजिकिँदै गर्दा बाजुराका बजारहरूमा विशेष चहलपहल देखिन थालेको छ। चाडपर्वको तयारीसँगै सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रका बजारहरू किनमेल गर्न आएका उपभोक्ताले भरिन थालेका छन्।मार्तडी, बाम्का, डाब, बेतालमाण्डौ, कोल्टी, पिलिचौर, धुलाचौर लगायत प्रमुख व्यापारीक केन्द्रमा उपभोक्ताको बाक्लो उपस्थिति देखिएको छ। विशेषगरी नयाँ कपडा, सुनचाँदीका गरगहना, मिष्ठान्न सामग्री, सजावटका सामानलगायतका किनमेलमा ग्राहक व्यस्त देखिन्छन्।बाजुराको प्रमुख व्यापारीक केन्द्र मार्तडी बजारमा व्यापारीहरू चाडपर्वको लाभ लिंदै सन्तुष्ट देखिएका छन्। स्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 491 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र ब

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 164 पटक पढिएको
  • माइक्रो इन्टरनेशनलले सार्वजनिक गर्यो इन्टेरियर डिजाइनका नवीनतम सामग्री

    काठमाडौं—  माइक्रो इन्टरनेशनल नेपालले इन्टेरियर डिजाइनका लागि नयाँ सामग्रीहरु सार्वजनिक गरेको छ ।उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू घर तथा भवनको भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न वा वाललाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको हो । माइक्रो इन्टरनेशनलले भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई बढाउने उच्च–स्तरीय शिल्प कौशल र अत्याधुनिक डिजाइन सेवा प्रदान गर्दै आएको छ । माइक्रो इन्टरनेशनल नेपालको लक्ष्य भनेको दिगो, स्टाइलिश र दीर्घकालीन समाधानहरू प्रदान गरेर भित्री र बाहिरी डिजाइनलाई पुनः परिभाषित गर्नु रहे

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 476 पटक पढिएको
  • नेप्सेमा ५८.६३ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार

    काठमाडौं— मंगलबार सेयर बजार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ३८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 380 पटक पढिएको
  • चीनमा विवाहको सिजन : सुन पसलहरु ग्राहकले भरिए

    एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ ।अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो  भइरहेको छ ।शेन्जेन शुइबेई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 202 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा