काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले महँगिएर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।