काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी तोलामा ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।






































