आर्थिक

    Showing 4,231-4,240 of 4,335 items.
  • आज फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं / आज सोमबार सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको भाउ १०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आइतबार प्रतितोला १ हजार ३४५ मा कारोबार भएको चाँदी आज १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले घटेको हो ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 113 पटक पढिएको
  • नेप्से हालसम्मकै उच्च स्थानमा, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब

    काठमाडौँ / कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो । साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई दुई हजार ८२० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ ले वृद्धि भई ५०७.२० मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । कारोवार रकमसमेत झण्डै १२

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 140 पटक पढिएको
  • कोरोनाबाट मृत्यु भएकालाई १० हजार राहत

    दमौली / तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए ।नगरपालिकामा हालसम्म ६ सय १६ जनाको पिसिआर परीक्षण गरिएकामा ४ सय ३३

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 116 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा गिरावट, आज कति घट्यो त सुनको मूल्य ?

    काठमाडौं / कोभिड –१९ महामारीका कारण जारी निषेधाज्ञाको समयमा नेपाली बजारमा सुनको भाउमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।हिजो बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज सोही रकम बराबर गिरावट आउँदा प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो ।सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छ ।यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 114 पटक पढिएको
  • अक्सिजन प्लान्टका लागि रु ७५ लाख

    काठमाण्डौ / प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा ९एमाले०का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गरेका हुन् ।उनले भने, “कोभिड–१९ को दो

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 114 पटक पढिएको
  • सांसद विकास कोषको पैसाले औषधि र सिलिण्डर खरिद

    जाजरकोट / सांसद विकास कोष (पूर्वाधार कार्यक्रम)अन्तर्गत रहेको १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै १८ लाख रुपैयाँको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए ।ती सिलिण्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गर्ने अधिकृत घर्तीले बताए । कोरोनाका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी बिरामी भई

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 134 पटक पढिएको
  • कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष

    कर्णाली / नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले एक करोड रुपैयाँ राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए । उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ । बैठकले कर्णालीका विभिन्न ज

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 100 पटक पढिएको
  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि चार अर्ब ३२ करोडको सहमति

    काठमाडौँ / कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको सहमति दिएको छ ।  मन्त्रालयले आज २६  केन्द्रीय अस्पताल र नौ  प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र  ट्यांकका लागि दुई अर्ब  ९५ करोड २० लाख रुपैयाँ बराबरको सहमति दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको जनाएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 108 पटक पढिएको
  • अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारी द्धारा आर्थिक सहयोग

    धनगढी / सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताए । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।सोही अभियानका लागि क्लबलाई एक करोड ३० लाख रुपैय

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 104 पटक पढिएको
  • अक्सिजन लोन नामक सहुलियत कर्जा दिदै सिद्धार्थ बैंक

    बिर्तामोड  / नेपालमा कोरोनाको दोस्रो लहर आएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कतिपय अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीहरुको अकालमै मृत्यु भइरहेको छ । यही संकटको समयमा सिद्धार्थ बैंकले सिद्धार्थ अक्सिजन लोन नामक सहुलियत कर्जा दिने भएको छ । अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका लागि बैंकले अक्सिजन लोन दिने भएको हो । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई सहुलियत कर्जा दिने भएको हो । बैंकका अनुसार यस कर्जाको लागि कम्पनीको नगद प्रवाहलाई आधार मानी कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ । ब्याजदरको हकमा कर्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.