आर्थिक

    Showing 4,061-4,070 of 4,335 items.
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेको सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो तोलामा २०० रुपैयाँ बढेको सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 129 पटक पढिएको
  • कर्णाली प्रदेशले बढायो बजेट खर्च

    कर्णाली / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख तथा चालुतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख विनियोजन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ७.४२, २०७५/०७६ मा ३५.३७ र २०७६/०७७ मा ४९.१४ प्रतिशत खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्या

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 103 पटक पढिएको
  • विराटनगरमा लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन

    विराटनगर / आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र  अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिश

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 115 पटक पढिएको
  • शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानीमा समस्या

    डोल्पा /  डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो ।सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिएका छन् । उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उनको भनाइ छ । शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दि

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 110 पटक पढिएको
  • झापाको भद्रपुरबाट ४ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    झापा / आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मारु चार अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन  गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड रुपैयाँ, अन्तःशुल्कतर्फ ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ सङ्कलन भएको बताएका छन्। अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो। उ

    • प्रकाशित मितिः साउन २, २०७८
    • 153 पटक पढिएको
  • सरकारी कर्मचारीको तलब आजबाट बृद्धि

    काठमाडौँ/ केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब अब २ हजार रुपैयाँले बढेको छ । जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। २ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो । सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएको हो।

    • प्रकाशित मितिः साउन १, २०७८
    • 107 पटक पढिएको
  • रसुवा भन्सारले उठायो साढे तीन अर्ब कर

    रसुवा / नेपाल-चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो ।आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएका छन् । नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल,

    • प्रकाशित मितिः साउन १, २०७८
    • 108 पटक पढिएको
  • कर्णाली प्रदेशको ६५ प्रतिशत बजेट खर्च

    सुर्खेत / कर्णाली प्रदेशको आव २०७७/०७८ को अन्तिममा बजेट खर्च ६५ प्रतिशत मात्र भएको छ। प्रदेश सरकारको चालू आवका अन्तिममा ६५ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कूल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ मध्ये २१ अर्ब ९६ करोड दुई लाख रुपैयाँ खर्च भएको हो । चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख ३२ हजार रुपैयाँ मध्ये  आठ अर्ब ४९ करोड २० लाख रुपैयाँ तथा पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजार रुपैयाँ मध्ये १३ अर्ब ४६ करोड ८२ लाख रुपैयाँ खर्च भएको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर वमले जानकारी दिएका छन्। गत आव २०७६/०७७ को अन्तिम खर्चभन्दा चालू आवमा ३२ द

    • प्रकाशित मितिः साउन १, २०७८
    • 123 पटक पढिएको
  • बढ्यो चिराइतोको मूल्य

    ताप्लेजुङ  / पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले बताएका छन्  । पछिल्लो

    • प्रकाशित मितिः साउन १, २०७८
    • 142 पटक पढिएको
  • नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

    काठमाडौँ / नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.