आर्थिक

    Showing 3,921-3,930 of 4,335 items.
  • हेटौँडा सिमेन्टको मूल्य घट्यो, प्रति बोरा कति ?

    वाग्मती / गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा ७४७ रुपैयाँमा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ ।  अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 175 पटक पढिएको
  • ३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

    विराटनगर / मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज (आइतबार) देखि सुरु हुँदैछ। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो। सो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनिष बाबु पोखरेल लगायतले बहस गर्ने छन्। तस्कर गरेको ३८ क्विन्टल सुन मध्ये स

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 195 पटक पढिएको
  • न्यादी हाइड्रोपावरको आइपिओ असोज १५ देखि खुल्ला

    काठमाडौँ  / न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्न लागेको हो ।    निष्कासन गरिने साधारण शेयर मध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन द

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 136 पटक पढिएको
  • सुनको मूल्य ६००ले घट्यो

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकामा आज रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 144 पटक पढिएको
  • ३० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब रुपैयाँ, २४ गते १४ दिनको ३० अर्ब रुपैयाँ र भदौ ३१ गते २० अर्ब रुपैयाँ रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थ

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 141 पटक पढिएको
  • मेचीनगरमा तीन करोड लगानीमा ‘न्युट्रेला’ उद्योग सञ्चालनमा

    बिर्तामोड / मेचीनगर नगरपालिका –१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले तीन करोड रुपैयाँको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युट्रेला’ उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए ।इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरूकै श्रम सीपको प्रयोग गरेर उत्पादन

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 212 पटक पढिएको
  • एक वर्षमा ४० अर्ब राजस्व सङ्कलन

    विराटनगर / एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल ४० अर्ब आठ करोड १९ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए ।उनका अनुसार सो वर्ष कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही वर्ष कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हज

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 182 पटक पढिएको
  • भन्सार तिरेर ल्याएको सामान नियन्त्रणमा लिएपछि व्यापारी विरोधमा

    बिर्तामोड / राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार तिरेर ल्याएको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले विरोध गरेका छन् ।झापाको भद्रपुरस्थित भन्सार कार्यालयबाट राजस्व तिरेको सामान राजस्व कार्यालयले नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले भद्रपुरमा विरोध गरेका हुन् ।भद्रपुरका कपडा व्यापारी रञ्जित रायले मङ्लबार बिर्तामोडको अंशु इन्टरप्राइजेज फममा राजस्व तिरेको दुइ पोका कपडा भेनमा लैजाँदै गर्दा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिएको कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लाग्दा राजस्व तिरेको सामान

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 205 पटक पढिएको
  • एकैदिन नौ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय ब

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 130 पटक पढिएको
  • साहस ऊर्जाको आइपिओ बुधबारदेखि

    काठमाडौँ/ साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।  बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० ल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.