आर्थिक

    Showing 3,251-3,260 of 4,329 items.
  • अप्पर सोलु हाइड्रोको आईपीओको बिक्री खुला

    काठमाडौँ /  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।निष्कासन गरेको कुल सेयर मध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित र लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन

    • प्रकाशित मितिः असार २०, २०७९
    • 104 पटक पढिएको
  • डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का हुने

    काठमाडौँ / नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता सञ्चालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माई प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आईपीएस, आइएमई पे र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पूर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्या

    • प्रकाशित मितिः असार २०, २०७९
    • 135 पटक पढिएको
  • चोरको टार्गेट पेट्रोल पम्प : तीन सातामा झापाका पाँच पेट्रोल पम्पमा चोरी

    बिर्तामोड / पछिल्लो समय चोरहरूको नजर पेट्रोल पम्प तिर पर्न थालेको छ । नेपालमा पेट्रोलियम पर्दाथको मूल्य बढेसँग चोरहरूको नगर पेट्रोल पम्प तिर पर्न थालेको हो । यस्तै पछिल्लो तीन हप्तामा झापामा झण्डै आधा दर्जन पेट्रोलपम्पबाट लाखौँ रुपैयाँ चोरी भएको छ । गत जेठ ३१ गते देखि असार १७ गतेसम्ममा झापाको मेचीनगर, बिर्तामोड, कनकाई नगरपालिका र कमल गाउँपालिकामा गरी पाँच वटा पेट्रोलपम्पबाट १८ लाख ५१ हजार चोरी भएको हो । चोरी गरेको आरोपमा सङ्खुवासभाको मकालु गाउँपालिका –३ घर भइ हाल झापाको बिर्तामोड –१ बस्ने ३४ वर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले गत जेठ ३१ गते राति झापाको कमल ग

    • प्रकाशित मितिः असार १९, २०७९
    • 126 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / साताको पहिलो दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार तीन सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८०९.९२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस १९.८९ डलर छ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 123 पटक पढिएको
  • नबिल बैंकका सीईओ ढुङ्गानाले सम्हाले कार्यभार, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

    काठमाडौँ  / नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय थियो । बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।  भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्

    • प्रकाशित मितिः असार १७, २०७९
    • 110 पटक पढिएको
  • नेप्से परिसूचक ७४.९३ अङ्कले वृद्धि

    काठमाडौं  / शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ ।साताको आइतबार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दु माथि पुगेको छ । आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अङ्कले बढेको छ ।कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर दई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार

    • प्रकाशित मितिः असार १६, २०७९
    • 132 पटक पढिएको
  • बिहीबार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं /  साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • 119 पटक पढिएको
  • भन्सार एजेन्टको नतिजा सार्वजनिक, ८६० जना दोस्रो चरणका लागि छानिए

    झापा / भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले गत वैशाख १७ गते लिउको लिखित परीक्षाको नतिजा विभागले सोमबार सार्वजनिक गरेको हो ।भन्सार एजेन्टमा ६ सय ६० जना एजेन्ट थप गर्न लोकसेवा आयोगले परीक्षा लिएको थियो । जसमा आठ सय ६० जनाको नाम दोस्रो चरणका लागि छानिएको विभागले जनाएको छ । परीक्षामा नौ हजार भन्दा बढी परीक्षार्थीहरू सहभागी भएका थिए ।   अब लोकसेवा आयोगले अन्तर्वार्ताबाट ६ सय ६० जनाका लागि सिफारिस गर्नेछ। अन्तर्वार्ताका लागि आयोगले असार ५ गतेदेखि असार १३ गतेसम्म मिति तोकेको छ । भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाएको ह

    • प्रकाशित मितिः असार १६, २०७९
    • 185 पटक पढिएको
  • आजदेखि हिमालयन हाइड्रोपावरको आइपिओ बिक्री खुला

    काठमाडौँ /  हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।कम्पनीले निष्कासन गर्ने कूल शेयर मध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कि

    • प्रकाशित मितिः असार १५, २०७९
    • 138 पटक पढिएको
  • नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

    काठमाडौं / नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालयले अर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो।सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ। त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.