काठमाडौं  / शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ ।

साताको आइतबार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दु माथि पुगेको छ । 

OM Sai Pathibhara Hospital

आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अङ्कले बढेको छ ।

कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर दई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन नेप्से एक अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो ।