काठमाडौँ / नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय थियो ।
बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।
यसबाहेक उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।






































