झापा / साताको पहिलो दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार तीन सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

OM Sai Pathibhara Hospital

त्यस्तै आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८०९.९२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस १९.८९ डलर छ।