आर्थिक

    Showing 3,121-3,130 of 4,329 items.
  • ७.३२ अंकले बढ्यो नेप्से

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब ३० विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ५६.११ अंकले बढेर एक हजार नौं सय तीस दशमलब ९९ बिन्दुमा बन्द भएको थियो ।  त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब २९  करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १२४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बै

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 168 पटक पढिएको
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं / बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 142 पटक पढिएको
  • जङ्गलमा लुकाइराखेको अवस्थामा एक सय ६३ तोला सुनको गहना फेला

    ताप्लेजुङ  / ताप्लेजुङमा प्रहरीले करिब दुई किलोग्राम अर्थात् १६३ तोला सुनको गरगहना फेला परेको छ। तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो।ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार फुङ्लिङ नगरपालिका –४ स्थित छुट्टाछुट्टै दुई स्थानबाट लुकाइराखेको अवस्थामा सुनका गहना फेला पारिएको हो। बजार नजिकै जङ्गलमा बट्टा र बोरामा पोको बनाएर लुकाइराखेको अवस्थामा शुक्रबार बिहान ११७ तोला र दिउँसो ४६ तोला सुनको गहना फेला पारेको प्रवक्ता राईले जानकारी दिए। शुक्रबार फेला परेको समेत आईएमईबाट लुटिए

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 245 पटक पढिएको
  • सोलुमा १७१ मेगावाटको दूधकोसी –६ आयोजना निर्माण हुँदै

    सोलुखुम्बु  / सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् । आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधक

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 245 पटक पढिएको
  • प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

    काठमाडौं / आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 156 पटक पढिएको
  • बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं / आज बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 134 पटक पढिएको
  • २८ लाख घुससहित इन्जिनियर र प्लम्बर पक्राउ

    झापा / २८ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर प्लम्बरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा रहेका छन् । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका -१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।  उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानी वापत उनीहरूले रकम लिएको खुलेक

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 169 पटक पढिएको
  • भोजपुरमा विद्युत् विस्तार कार्यले गति लिँदै

    भोजपुर / पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोबाट क्षमताको उक्त विद्युतगृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 207 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ /  मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको  मूल्य प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो । चाँदीको  मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 144 पटक पढिएको
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

    बिर्तामोड  / भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ भने पेट्रोलको भाउ सामान्य बढेको छ । भारतबाट पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ, डिजेल १५.६० रुपैयाँ र हवाई इन्धन १०.२५ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । योसँगै निगमलाई डिजेलमा ६.३४ रुपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमको भन

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.