काठमाडौं / आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।