काठमाडौं / बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।