आर्थिक

    Showing 3,071-3,080 of 4,329 items.
  • शंकास्पद कारोबारको रिर्पोटिङ ८१ प्रतिशतले बढ्यो, सबैभन्दा बढी बाणिज्य बैंकहरुबाट

    काठमाडौं / नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गरेसँगै शंकास्पद कारोबारको रिर्पोटिङ ह्वात्तै बढेको छ । केन्द्रीय बैंकमा रहेको एकाइको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले रिपोर्टिङ बढेको हो ।गत आर्थिक वर्ष २०७८।७९ मा वित्तीय कारोबार गर्ने सूचक संस्थाले २ हजार ७८० ओटा सूचना एकाइमा पठाएका छन् । यो अघिल्लो आवको तुलनामा ८१.३४ प्रतिशतले नै बढी हो । अघिल्लो आव २०७७।७८ मा शंकास्पद कारोबारको १ हजार ५३३ सूचना रिपोर्टिङ भएको थियो ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार शंकास्पद कारोबारसम्बन्धी सबैभन्दा बढी रिपोर्टिङ वाणिज्य बैंकहरूबाट

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 318 पटक पढिएको
  • ३२ अङ्कले घट्दै १९ सयबाट तल ओर्लियो नेप्से

    झापा  / साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.९१ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा करिव ३२ अंकले घट्दै १८ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो ।आज दिनभर भएको कारोबारमा २ सय ५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ ।आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने नकारात्मक सर्किट ब्रेकर लागेको नेप्सेले जानकारी दिएको छ । आज २५ कम्पनीको सेय

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 243 पटक पढिएको
  • राजस्वका कर्मचारी हुँ भन्दै रकम असुली गर्ने आठ जना पक्राउ

    काठमाडौँ / आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् । उनीहरूले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ ।उनीहरूले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि ब

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 157 पटक पढिएको
  • औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी

    बुटवल / बुटवल औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी गरेका छन् ।उद्योगीहरूले आज बिहान १० बजे कालो ब्यानर सहित व्यवस्थापन कार्यालयमा पुगेर कार्यालय प्रमुखको कार्यकक्षमै ताला लगाएका हुन ।एकलौटी रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ७ सय देखी ८ सय प्रतिशत भाडा भाडा वृद्धि गरेको भन्दै भाडा खारेजीको माग  गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।अहिले बढाएको भाडा आफूहरू तिर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न उनीहरूले माग गरेका छन् ।उद्योगीहरूको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपा

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 164 पटक पढिएको
  • फेरी सुनको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज साताको पहिलो दिन प्रतितोला दुई सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो ।त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले बढेर एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 183 पटक पढिएको
  • पाँच जहाज लिलाम गर्दै नेपाल वायुसेवा निगम

    झापा / नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले बिक्री गर्ने प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन । विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले आशयपत्रको सूचना निकालेको छ । यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • 348 पटक पढिएको
  • औद्योगिक क्षेत्रले भाडावृद्धि गरेपछि महासङ्घद्वारा आन्दोलनको घोषणा

    काठमाडौं  / औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र, उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ । भाडादर तत्काल फिर्ताको माग राख्दै उद्योग महासंघले आन्दोलनको घोषणा गरेको हो । निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायनै जिम्मेवारीबाट पन्छिन्दै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको महासङ्घको आरोप छ । औद्योगिक प्रवर्द्धन एजेन्सीको रुपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योगनै चल्न नसक्ने गरी भाडाबृद्धि गरेको ठहर महासङ्घले गरेको छ ।महा

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 184 पटक पढिएको
  • सुनको मूल्य तोलाको एक लाख नाघ्यो

    झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ।यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 169 पटक पढिएको
  • सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडाको दबाबमूलक आन्दोलन

    झापा / सरकार र राष्ट्र बैँकको नीतिविरुद्ध आन्दोलनरत अटो व्यवसायीले आज बिहीबार देशभर विरोध प्रदर्शन गर्नुका साथै काठमाडौँको माइतीघरमा धर्ना समेत दिएका छन् । यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुरुप अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) को अगुवाइमा अटो व्यवसायीहरूले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् । प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरूले ‘ब्याजदर नियन्त्रण गर’,  ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार छ त ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’ल

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 393 पटक पढिएको
  • ८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

    काठमाडौं / सरकारले समयमा काम सम्पन्न नगर्ने आठ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो । हेटौंडा –११ मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवार कविरर सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा –६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरेलाई सरकारले कालोसूचीमा राख्दै छ।यसैगरी बानेश्वर –१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्स

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.