बुटवल / बुटवल औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

उद्योगीहरूले आज बिहान १० बजे कालो ब्यानर सहित व्यवस्थापन कार्यालयमा पुगेर कार्यालय प्रमुखको कार्यकक्षमै ताला लगाएका हुन ।

OM Sai Pathibhara Hospital

एकलौटी रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ७ सय देखी ८ सय प्रतिशत भाडा भाडा वृद्धि गरेको भन्दै भाडा खारेजीको माग  गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

अहिले बढाएको भाडा आफूहरू तिर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न उनीहरूले माग गरेका छन् ।

उद्योगीहरूको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन ।