झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज साताको पहिलो दिन प्रतितोला दुई सय रुपैयाँले बढेको हो । 

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख पाँच सय पुगेको छ । 

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले बढेर एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको छ । 

सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।