झापा / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ। 

बिहीबार सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ।

OM Sai Pathibhara Hospital

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ।