काठमाडौं / नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गरेसँगै शंकास्पद कारोबारको रिर्पोटिङ ह्वात्तै बढेको छ ।

केन्द्रीय बैंकमा रहेको एकाइको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले रिपोर्टिङ बढेको हो ।

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्ष २०७८।७९ मा वित्तीय कारोबार गर्ने सूचक संस्थाले २ हजार ७८० ओटा सूचना एकाइमा पठाएका छन् । यो अघिल्लो आवको तुलनामा ८१.३४ प्रतिशतले नै बढी हो । अघिल्लो आव २०७७।७८ मा शंकास्पद कारोबारको १ हजार ५३३ सूचना रिपोर्टिङ भएको थियो ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार शंकास्पद कारोबारसम्बन्धी सबैभन्दा बढी रिपोर्टिङ वाणिज्य बैंकहरूबाट हुने गरेको छ ।

वाणिज्य बैंकहरुले गत आवमा मात्रै २३८० वटा सूचना रिर्पोटिङ गरेका थिए । त्यस्तै, रेमिट्यान्स कम्पनीहरुमा पनि शंकास्पद कारोबारसम्बन्धी रिपोर्टिङ दोस्रो बढी देखिन्छ । वाणिज्य बैंकहरुले दुई हजारमाथि सूचना रिर्पोटिङ गर्दा रेमिट्यान्स कम्पनीहरले १८७ वटा रिर्पोटिङ गत आवमा गरेका थिए ।

त्यस्तै, विकास बैंकहरूले ११९, लघुवित्त वित्तीय संस्थाहरूले ४४, फाइनान्स कम्पनीले १९ वटा, सरकारी निकायले ११ ओटा, इन्स्योरेन्स कम्नपीहरुले ९ वटा, ब्रोकर कम्पनीले ८ वटा र सहकारीले ३ वटा मात्र रिपोर्टिङ गरेको एकाइको प्रतिवेदनमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको प्रावधानअनुसार वित्तीय कारोबार गर्ने संस्थामा शंकास्पद कारोबार भएमा ३ दिनभित्र एकाइमा रिपोर्टिङ गर्नुपर्छ ।